Wednesday, March 27, 2019
Home > Event photography > साइप्रसमा ल्होछार धमाका भव्य (फोटो फिचर )

साइप्रसमा ल्होछार धमाका भव्य (फोटो फिचर )

समिम मियाँ

४ फेब्रुअरी/ साइप्रस

२८५५ औँ सोनाम ल्होछारको अवसरमा ‘ल्होछार धमाका २०१९’ कार्यक्रम साइप्रसमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ साईप्रसको  आयोजनामा गत आइतबार लिमासोल स्थित  नियो फिस्टा हलमा  सम्पन्न भएको हो । प्रमुख अतिथि महावाणिज्यदूत डा. रामजीवन पंजियारले सोनाम ल्होछारको शुभकामना दिदै नेपालीहरु एक आपसमा सहयोगी बन्नु पर्नेमा जोड दिनु भयो। पछिल्लो समय नेपालीको संख्या बढ्दै गएको अवस्थामा विभिन्न किसिमको प्रलोभनमा ठगीनु परेको जानकारी आएकोले सचेत रही नेपाली नियोग/ संघसस्थाको सहयोग लिन पनि उहाँले आग्रह गर्नु भयो ।  घेदुङ अध्यक्ष साङ्मु थोकरको सभापतित्वमा संचालित कार्यक्रममा विशेष अतिथि  एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल थिए भने विभिन्न नेपाली  संघसस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । सबिता घिसिङले शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य राखेकी थिइन।

प्रथम नेपाल आइडल बुद्ध लामाको सांगीतिक प्रस्तुतिले माहोल निकै तातियो, उनले ‘ओइ झुमा झुम्के वाली’ , ‘अरे क्यानम’, ‘के भन्ने हाम्रो समय’, ‘रातो टिका निधारमा टल्क्यो टल टल’, ‘सानी नरिसाउन लगायतका   चर्चित गीत गाएर दर्शकलाई भरपुर मनोरंजन दिदै दर्सक उफारे । ‘सानी नारिसाउन’ गाउँदा दर्सकको  “वान्स मोर” ले कार्यक्रम स्थल नै गुन्जायमान भयो। दर्शकको भिड बाट ‘आइ लभ यु बुद्द ‘ भनेर प्रेम प्रस्ताव राख्ने युवतीको ठुलै जमात देखियो ।

म्हेन्दोमाया र सेलो गायक सुमन घलेको प्रस्तुति निकै दमदार रह्यो । उनले दर्सकलाइ स्टेजमै उतार्न सफल भए। तामांग भेसभुषामा सजिएर आएका म्हेन्दोमाया र सेलो प्रेमी दर्शकहरुको सामुहिक नृत्यले गाउघरको झल्को दिलायो भने स्थानीय कलाकारको नृत्य र गायनले थप मनोरंजन दियो । अतिथि कलाकारद्वयलाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।  कार्यक्रमलाई लक्ष्मी ब्लोन सचिव सुनिला दोङ तामाङले संचालन गरेकी थिइन।

तस्विरहरु :-

 

 

 

 

 

Leave a Reply

Your email address will not be published.